बारा खाना महोत्सवको समापन आज

ए वान डेस्क /
बाराको सिमरामा आयोजित दोस्रो बारा खाना तथा दशै महोत्सव २०७५ को आज समापन गरिदैछ । होटल व्यवसायी संघ बाराले जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर १ स्थित एयरपोर्ट रोड सिमरामा आयोजना गरेको महोत्सवको आज समापन गर्न लागिएको हो ।
यसअघि महोत्सवको बारा क्षेत्र नम्बर ३ क की प्रदेशसभा सदस्य ज्वाला शाहले उद्घाटन गर्नुभएको थियो । सडक मै खाऔ, सडक मै रमाऔ भन्ने मुल नाराका साथ आयोजना गरिएको महोत्सवमा झन्डै ३० वटा स्टल रहेको छ । करिव २३ लाखको अनुमानित लागतमा शनिवारदेखि शुरु भएको महोत्सवमा स्थानीय साथै राष्ट्रिय स्तरका कलारकाहरुले आफ्नो प्रस्तुती देखाईरहेका छन्् ।
महोत्सवको पहिलो दिन नेपालका चर्चित गायक राजनराज सिवकोटी, सम्झना लामिछाने मगर, दिनेश काफ्ले र विकास पाण्डेले आफ्नो प्रस्तुती देखाउनुभएको थियो । यसैगरी दोश्रो दिन रामजी खाड, सुनिल पण्डित, दिनेश काफ्ले, संतोष देउजा लगायले आफ्नो प्रस्तुती देखाउनुभएको थियो ।
आज तेश्रो दिन नेपालका चर्चित गायक कमल क. क्षेत्री, चर्चित गायिका दुर्गा खरेलसहित संगितकला मञ्च बाराका पदाधिकारीहरुले आफ्नो प्रस्तुती देखाउने कार्यक्रम रहेको महोत्सव मुल आयोजक समारोह समितिका कलाकार संयोजक विकास पाण्डेले जानकारी दिनुभयो । महोत्सवमा आयोजकको रुपमा होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश नम्बर २, प्रर्वधकको रुपमा नेपाल पर्यटन बोर्ड, काठमाण्डौ, मुख्य सहयोगीको रुपमा जीतपुरसिमरा उप–महानगरपालिका, बारा, सह–आयोजकको रुपमा नेपाल मत्स्य व्यवसायी संघ बारा, सामुदायीक बिकाशसिल क्लब सिमरा बारा, नव दुर्गा युवा क्लब सिमरा बारा रहेको छ ।
यसैगरी महोत्सवको मुख्य प्रायोजकको रुपमा गार्खा ब्रूअरीको उत्पादन टुर्बग र कलाकार व्यवस्थापनमा साङ्गितक कला मञ्च बारा रहेको छ ।