दुर्घटनामा दुई जनाको मृत्यु, पाँच घाइते

ए वान डेस्क
३१ आश्विन २०७५, बुधबार १८:३४

चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पोखराबाट धादिङतर्फ जाँदै गरेको ग२च १७५१ नंको मारुती भ्यानलाई सोही दिशातर्फ जाँदै गरेको बा१झ ५६५ नंको ट्याङ्करले आज दिउँसो १२ः४० बजे ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्युहुनेमा धादिङ कल्लेरीका अन्दाजी २५ वर्षीय चन्द्रबहादुर नेपालीे र नाम नखुलेको एक बालक रहेका छन् । सोही घटनामा घाइते भएका पाँचजनामध्ये एकजनाको भरतपुरस्थित सरकारी अस्पताल र एकजनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

अन्य तीनजना उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गरेको प्रहरीले जनाएको छ । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ । मृतकहरु भ्यान र ट्याङ्कर कुनमा सवारी गरेकोे हो भन्ने पहिचान हुन सकेको छैन । दुर्घटनग्रस्त भ्यान सडकमा नै छ भने ट्याङ्कर त्रिशूली किनारमा खसेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*