ईलाका प्रहरी कार्यालय सिमराको अनुरोध : सवधानी अपनाउनुहोस्

ए वान डेस्क
१ कार्तिक २०७५, बिहीबार १५:०५

ए वान डेस्क /

ईलाका प्रहरी कार्यालय सिमराले हिन्दुहरुकोे महान पर्व बडादशै, शुभ–दिपावली र छठ पर्व सावधानी पुर्वक मनाउन आग्रह गरेको छ । आज एउटा सुचना जारी गर्दे ईलाका प्रहरी कार्यालय सिमराले पर्वको समयमा चोरी, लुटपाट तथा सवारी दुर्घटना बढी हुनेभन्दै सावधानी अपनाउन आग्रह गरेको हो ।

यस्तो छ ईलाका प्रहरी कार्यालय सिमराको अनुरोध

१. घर कोठा छाडी कतै बाहिर जाँदा झ्याल ढोकाको चुकुल ताला राम्रो सँग लगाउने र छिमेकीलाई जानकारी दिएर मात्र बाहिर जाने ।
२. गर गहना लगाएर बाहिर हिड्दा तथा बैक तथा वित्तिय संस्थाबाट कारोबार गरी निस्कदा पकेटमार तथा लुटपाट हुन सक्ने भएको हुदा आफ्नो सम्पतीको विशेष ख्याल गरी सावधानी अपनाउने ।
३. मा.प.से. गरी सवारी साधन नचलाउने ।
४.पुजाआजा गरी दियो, धुपबत्ती, मैनबत्ती वा टुकी बाली मान्छे नभएको बेला त्यतिकै नछोड्ने ।
५.प्रहरी,दमकल,एम्बुलेन्स,अस्पताल जस्ता अत्यावश्यक सेवा दिने नजिकको कार्यालयहरुको सम्पर्क नम्बर राख्ने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*