वीरगञ्जमा पत्रकारमाथि तेजाब प्रहार

ए वान डेस्क
७ कार्तिक २०७५, बुधबार ०७:२१

वीरगञ्जबाट प्रकाशन हुने ‘बाइपास’ दैनिक पत्रिकाका प्रकाशक– सम्पादक धीरज दारुकामाथि एक महिलाले तेजाब प्रहार गरेकी छन् ।
वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित घरअगाडि उभिएको बेला उहाँमाथि छिमेकमा रहेको घरमा भाडामा बस्दै आएकी मनिता सिंहले दारुकामाथि तेजाब फ्याँकेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो ।

घाइते दारुका वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा सामान्य उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । अभियुक्त सिंहलाई वडा प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*