बारामा नेकपाको चियापान कार्तिक १७ गते

ए वान डेस्क
१० कार्तिक २०७५, शनिबार ०८:३४

नेपाल कम्युनिष्ट पार्टी नेकपाले यही कार्तिक १७ गते बारामा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ । हिन्दुहरुको महान पर्व शुभ–दिपावली र छठ पर्वको अवसरमा नेकपाले शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम गर्ने भएको हो ।

कलैयामा सम्पन्न नेकपाका अगुवा कार्यकर्ताहरुको भेलाले कार्तिक १७ गते शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम गर्ने निर्णय गरेको हो । सोही दिन नेकपा बाराको कार्यालय उद्घाटन कार्यक्रम छ ।

तत्कालिन नेकपा एमालेको कार्यालयलाई नै नेकपाको पार्टी कार्यालय मानेर उद्घाटन गर्ने तयारी भईरहेको नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेता उमेश कुशुवाहले जानकारी दिनुभयो । पार्टी कार्यालयको उप–प्रधानमन्त्री ईश्वर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम छ ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य दिनेश राई, कार्यदलका सदस्यहरु अनिल श्रेष्ठ, बलवीर चौधरी, सुन्दर बिश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*