सिमरामा ‘पियानो रेष्टुरेन्ट एण्ड वार’ सञ्चालनमा

ए वान डेस्क
१० कार्तिक २०७५, शनिबार २०:३६

ए वान डेस्क /

बाराको सिमरामा आजदेखि पियानो रेष्टुरेन्ट एण्ड वार सञ्चालनमा आएको छ । वारको आज एक कार्यक्रमकाबिच पञ्चकन्याहरुले उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष तिलक बहादुर श्रेष्ठ, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जय साह, होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछाने, उपाध्यक्ष अर्जुन लम्साल, महासचिव शम्भु खड्गी, सिमरा कलेज सिमराका प्रमुख शालिकराम अधिकारी लगायतको उपस्थिति रहेको थियो । सिमराको सिद्धार्थ बैंक नजिकै खुलेको सो वारमा नगर उद्योग वाणिज्य संघ जीतपुरसिमराका सचिव लक्ष्मण अधिकारीको लगानी रहेको छ ।

ए वान समाचारसंग कुरागर्दे सञ्चालक अधिकारीले सिमरामै पहिलो पटक परिवारीक वातावरणमा फेमिलि रेष्टुरेन्ट एण्ड वार सञ्चालन गरिएको बताउनुभयो । ‘सिमरामै पहिलो पटक पियानो रेष्टुरेन्ट एण्ड वारमा नान रोटिको व्यवस्था गरिएको छ, त्यसबाहेक आफ्नो रोजाईको बिभिन्न खानाका परिकार त छदैछ’ अधिकारीले भन्नुभयो ।

सञ्चालक अधिकारीको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*