बारामा अज्ञात समूहले पोखरीमा बिष हालिदिँदा ५० लाखको क्षति

बाराको करैयामाई गाउँपालिकामा रहेको दुई विगाहा पोखरीमा गएराति अज्ञात समूहले बिष हालिदिँदा करिव ५० लाख मूल्य बराबरको माछा मरेको छ। करैयामाई–१ मधुवनका ज्योती मत्स्य हेचरि कृषि फर्मको पोखरीमा रहेको करिव २५ हजार माछाका भुरा र ठूला माछा मरेको नेपाल मत्स्य व्यवसायी संघ बाराका अध्यक्ष जंगबहादुर साहले जानकारी दिए।
दीपक नेपाल मत्स्य व्यवसायी संघ बाराका कोषाध्यक्षसमेत हन् । दीपकले ३० कठ्ठामा ठूला माछा र १० कठ्ठा क्षेत्रफलमा माछाका भुरा नर्सरी सञ्चालन गरेका थिए। नयाँ व्यवसायी भएकाले दीपकले माछाको बिमासमेत गराएका थिएनन् ।
नेपाल मत्स्य व्यवसायी संघ बाराले शनिबार एक विज्ञप्ति जारी गर्दै मत्स्य व्यवसायी र माछापालन व्यवसायमा भएको घटनाको छानविन गरी वास्तविक दोषीलाई कारवाहीको लागि जिल्ला प्रशासन कार्यालयसँग माग गरेको छ ।