बारामा बृद्धको घाटी रेटी हत्या, प्रहरी घटनास्थलमा

ए वान डेस्क
१० कार्तिक २०७५, शनिबार २२:३५
Corpse

बाराको कलैया उपमहानगरपालिका–२३ कोईरी टोलमा एक बृद्धको घाँटी रेटी हत्या भएको छ । स्थानीय ६५ वर्षिय नन्दलाल राउत कुर्मीको हत्या भएको बारा प्रहरीले जनाएको छ । श्रीमती सहित गोठमा बस्दै आएका बृद्धको घर नजिकैको आँपको बोट मुनी हत्या भएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जीतसिंह राठौरले बताए।

प्रहरी अहिले घटना स्थलमा पुगेको छ। घटना बारे अनुसन्धान सुरु गरिएको प्रवक्ता राठौरले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*