exclusive video : जीतपुरसिमरामा तारा कार्कीले यसरी लिएका थिए घुस ‘भिडियोसहित’

ए वान डेस्क /
बाराको जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर ३ स्थित रामबनमा रहेको जनजागरण मध्यवर्ती सामुदायीक बन उपभोक्ता समुहका अध्यक्ष ताराबहादुर कार्कीले घुस लिएको भिडियो प्राप्त भएको छ । पदको दुरुपयोग गर्दे अध्यक्ष कार्कीले निकुञ्जबाट ट्रयाक्टर छुटाईदिने भन्दै ट्रयाक्टर चालकसंग घुस लिएको भिडियो ए वान समाचारलाई प्राप्त भएको हो ।
केहि महिनाअघि स्थानीय एक खोलाबाट अबैधानिक रुपमा रातको समयमा गिटि बालुवा निकासी गरिरहेको अवस्थामा पर्सा राष्ट्रिय निकुञ्जको एक टोलिले ५ वटा ट्रयाक्टरसहित चालकलाई नियन्त्रणमा लिएको थियो । सोही ट्रयाक्टर निकुञ्जबाट छुटाईदिने भन्दै अध्यक्ष कार्कीले निकुञ्जबाट छुटेका चालकहरुसंग पैसाको मोलमलाई गरेका थिए ।
यो घटना झन्डै १ महिना अगाडीको हो । जनजागरण मध्यवर्ती सामुदायीक बन उपभोक्ता समुह जनहित बन उपभोक्ता समितिभित्र पर्दछ ।
तारा कार्कीले यसरी लिएका थिए : घुस हेर्नुहोस् भिडियो
https://youtu.be/hri_3-gJ-rg