सिमरामा फुटबल प्रतियोगिता शुरु, बिकाशसीलसंग युथ क्लब पराजित
ए वान डेस्क /
बाराको जीतपुरसिमरा उप–महानगरपालिकामा जारी फुटबल प्रतियोगितामा सामुदायीक बिकाशसील युवा क्लब सिमराले युथ क्लब महेन्द्रनगरलाई पराजित गरेको छ । वडा नम्बर २ स्थित हुलास स्टिलको आल्मोनियम डिभिजन पछाडी रहेको खेल मैदानमा भएको प्रतियोगितामा युथ क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दे बिकाशसील क्लब विजयी भएको हो ।
प्रतियोगिता अन्र्तगत भोलि पथलैया युवा क्लब र २० बिगाह युवा क्लबबिच खेल हुने आयोजक कोसेली युथ क्लब सिमराका अध्यक्ष विशाल घिमिरेले ए वान समाचारलाई जानकारी दिनुभयो । प्रतियोगितामा विकाशसील क्लबका निरज मगर म्याद अफ दि म्याच घोषित भए ।
उनलाई वडा नम्बर २ का वडा सदस्य रामचन्द्र अधिकारीले म्यान अफ दि म्याच प्रदान गर्नुभएको थियो । यसअघि हिजो वडा नम्बर २ का वडा अध्यक्ष तिलक बहादुर श्रेष्ठ प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।
१५ टिमको सहभागिता रहेको प्रतियोगिताको बिजेताले २० हजार र उप–बिजेताले ११ हजार पाउने अध्यक्ष घिमिरेले बताउनुभयो ।















