जीतपुरसिमरामा वडा अध्यक्षले थुने प्राविधिक, कर्मचारी बिरोधमा

ए वान डेस्क
११ कार्तिक २०७५, आईतवार १८:३२

ए वान डेस्क /

जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मोहित चौधरीले आज एकजना ईन्जिनियरलाई थुनेका छन् । आर्थीक बर्ष २०७४/०७५ मा भएको कामको भुक्तानि समयमै नगरेकोभन्दै वडा अध्यक्ष चौधरीले ईन्जिनियर राम नरेश यादवलाई थुनेका हुन् ।

कार्यादेश अनुसार काम सम्पन्न भएको महिनौ बितिसक्दा पनि भुक्तानी नगरेकोभन्दै अध्यक्ष चौधरीले १ घण्टा भन्दा बढि उनकै कार्याकक्षमा थुनेका हुन् । वडा सदस्यहरुसहित आज दिउसो उप–महानगरपाकिलाको कार्यालय पुगेका चौधरीले डेबुल ठोक्दै भुक्तानी माग गरेका थिए ।

पटक–पटक भुक्तानीको लागी उप–महानगरपाकिलाको ध्यानाकषर्ण गराउदा पनि उप–महानगरपालिकाले बेवास्ता गरेपछि आफु यस्तो कदम चाल्न बाध्य भएको वडा अध्यक्ष चौधरीले बताउनुभयो । ए वान समाचारसंग कुरागर्दे वडा अध्यक्ष चौधरीले उप–महानगरपालिकाले आफु माथि बिभेद गरेको बताउनुभयो ।

यसैबिच, वडा अध्यक्ष चौधरीले देखाएको व्यवहार अभद्र भएकोभन्दै कर्मचारीहरुले विरोध जनाएका छन् । विरोध स्वरुप कर्मचारीहरुले झन्डै १ घण्टा पेन डाउन गरे । ‘वडा अध्यक्ष जस्तो व्यक्तिले यस्तो व्यवहार दखाउनु राम्रो हैन्, यो कर्मचारी माथिको हमला हो’ एक जना कर्मचारीले भने ।

यसैबिच, आईबारसम्म वडा नम्बर ५ को सम्पुर्ण भुक्तानी गर्ते सहमती भएको छ । कार्यालयमा भएको छलफलमा वडा नम्बर ५ को सम्पुर्ण बिल भर्पाईको भुक्तानी आईतवारसम्म गर्ने सहमति भएको हो । छलफलमा अनुगमन समितकी संयोजक रमेत रहनुभएकी उप–प्रमुख सरस्वती चौधरी, प्रशासकिय अधिकृत लगायत वडा अध्यक्षहरु सहभागी थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*