‘जीतपुरसिमरा उप–महानगरपालिकामा कमिसनको चलखेल भईरहेको छ’ भिडियोसहित

ए वान डेस्क
१२ कार्तिक २०७५, सोमबार १३:३२

ए वान डेस्क /

जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मोहित चौधरीले उप–महानगरपालिकामा कमिसनको चलखेल भईरहेको आरोप लगाउनुभएको छ । उप–महानगरको कामप्रति लामो समयदेखि असन्तुष्टि जनाउदै आएका चौधरीले पत्रकार सम्मेलनको आयोजना गरी उप–महानगरपालिकामा कमिसनको चलखेल भईरहेको आरोप लगाउनुभयो ।

उप–महानगरपालिकाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चौधरीले कर्मचारीबाट कमिसनको चलखेल भईरहेको बताउनुभयो । ‘पहिला पनि प्राविधिकहरुले जिल्ला बिकास सिध्याएर आए, अहिले पनि उप–महानगरपालिका सिध्याउन खोज्दैछन’ पत्रकार सम्मेलनमा चौधरीले भन्नुभयो ।

आफुहरु जनताको निम्ति जनप्रतिनिधि भएकोभन्दै उहाले जनताको पैसा बिकास निर्माणमा मात्र खर्च हुने बताउनुभयो । ‘यो सबै पैसा जनताको पैसा हो, यो पैसा हामी बिकास निर्माणको काममा लगाउछौ’ उहाले भन्नुभयो ।

उप–महागरले असहयोग गर्देछ–चौधरी

पत्रकार सम्मेलनमा अध्यक्ष चौधरीले उप–महानगरपालिकाले आफुलाई असहयोग गरेको बताउनुभयो । ‘म एउटा युवा, म मा जोस जागर छ, आफ्नो वडाको निम्ति केहि गरौ भन्ने लागेको छ तर पनि नगरपालिकाबाट मलाई असहयोग भईरहेको छ’ उहाले भन्नुभयो ।

उप–महानगरपालिकाले महिनौ बितिसक्दा पनि गत आर्थीक बर्षको भुक्तानी नगरेकोभन्दै उहाले कर्मचारीहरुले अटेर गर्दे आएको बताउनुभयो । हेर्नुहोस् भिडियो

https://youtu.be/7CUzQhh7a4g

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*