फुटबल प्रतियोगिता : सिमराद्धारा पथलैया पराजित

ए वान डेस्क /
बाराको जीतपुरसिमरा उप–महानगरपालिकामा जारी फुटबल प्रतियोगितामा आज बिस बिगाह युवा क्लब सिमराले पथलैया युवा क्लबलाई पराजित गरेको छ । वडा नम्बर २ स्थित हुलास स्टिलको आल्मोनियम डिभिजन पछाडी रहेको खेल मैदानमा भएको प्रतियोगितामा पथलैया युथ क्लबलाई पेनाल्टिमा १–० गोल अन्तरले पराजित गर्दे बिस बिगाह युवा क्लब विजयी भएको हो ।
प्रतियोगितामा पथलैया युवा क्लबका गोल रक्षक म्याद अफ दि म्याच घोषित भए । उनलाई वडा नम्बर २ का वडा सदस्य रामचन्द्र अधिकारीले म्यान अफ दि म्याच प्रदान गर्नुभएको थियो ।
प्रतियोगिता अन्र्तगत भोलि महेन्द्रनगर युवा क्लब र जीतपुर युवा क्लबबिच खेल हुने आयोजक कोसेली युथ क्लब सिमराका अध्यक्ष विशाल घिमिरेले जानकारी दिनुभयो । १५ टिमको सहभागिता रहेको प्रतियोगिताको बिजेताले २० हजार र उप–बिजेताले ११ हजार पाउने अध्यक्ष घिमिरेले बताउनुभयो ।