दोश्रो अन्तराष्ट्रिय विमानस्थलको चलखेल विरुद्ध अभियान, भोलि निजगढमा बहस

ए वान डेस्क
१२ कार्तिक २०७५, सोमबार १७:५३

ए वान डेस्क /

बारामा बन्ने दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले गतिलिन लागेको प्रारम्भिक अवस्थामा निर्माण प्रक्रियालाईनै अबरुद्ध गर्ने नियतले हाल भईरहेको चलखेल विरुद्ध जनस्तरबाट अभियान थालनी गरिने भएको छ । फास्ट ट्रयाक एयरपोर्ट निर्माण मुल ब्यवस्थापन तथा सरोकार समितिको आह्वानमा जनस्तरबाट अभियान सञ्चालन गर्न सरोकारवालासंग भोली बहस आयोजना गरिन लागेको अभियानका संयोजक रबिराज दंगालले जानकारी दिनुभयो ।

भोली कार्तिक १३ मंगलबार निजगढ नगरपालिकाको सभा हलमा दिउँसो साढे ११ बजे कार्यक्रम सुरु गरिने भएको हो । तत्काल टाङ्गियाबस्तिको उचित व्यवस्थापन गर्दै सहज ढंगले विमानस्थल निर्माणको निम्ती रचनात्मक दबाब श्रृजना गर्न आवश्यक भएकोले कार्यक्रम आयोजना गर्न लागिएको हो ।

अभियान अन्र्तगत सञ्चालन गरिने कार्यक्रम पनि निर्णय गरि घोषणा गरिने संयोजक दंगालले बताउनुभयो । अभियान सञ्चालन गर्न विकासप्रेमी जनसमुदायको महत्वपूर्ण सुझाव र सहयोगको आवश्यक भएको भन्दै कार्यक्रममा सहभागि हुन आह्वान गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*