जीतपुरसिमरा घुस काण्ड : जनहितले अध्यक्ष कार्कीलाई बचाउन खोजेको हो ?

ए वान डेस्क
१३ कार्तिक २०७५, मंगलवार ११:०८

ए वान डेस्क /

बाराको जीतपुरसिमरा उप–महानगरपालिकामा रहेको जनजागरण मध्यवर्ती सामुदायीक बन उपभोक्ता समुहका अध्यक्ष तारा बहादुर कार्कीले घुस लिएको भिडियो केहि समयअघि सार्वजनीक भयो । ट्रयाक्टर चालकहरुसंग घुस लिएको भिडियो भिडियो सामाजिक सञ्जालमा भईरल भएपछि सो समुहका उपभोक्ताहरुले अध्यक्ष कार्कीलाई कारर्वाही गर्न माग गर्दे त्यहाका उपभोक्ताहरुले सम्बन्धीत निकायमा निवेदन बुझाए ।

सोह समुहका २१६ जना उपभोक्ताले हस्ताक्षर गरेर पर्सा राष्ट्रिय निकुञ्ज, जनहित उपभोक्ता समिति, वडा नम्बर ३ को वडा कार्यालय र तत्कालि एमाले र माओवादी केन्द्रका दुई नेतालाई निवेदन बुझाए । सार्वजनीक पदको दुरुपयोग गर्दे अध्यक्ष कार्कीले भ्रष्टचार गरेको भन्दै उपभोक्ताहरु आक्रोषित भए ।

उपभोक्ताहरुले सम्बन्धीत पक्षबाट घटनाको ढाकछोप गर्ने प्रयास भईरहेकोभन्दै नेतृत्वको आलोचना समेत गरिरहेका छन् । घटना भएको लामो समय बितिसक्दा पनि अध्यक्ष कार्कीलाई किन कारर्वाही गरिएन ? भन्ने प्रश्न उठ्न थाल्यो ।

यसैबिच, हामीले यस बिषयमा जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठलाई जनजागरण घुस काण्डको बिषयमा समितिको आधिकारी धारणा के हो भनेर सोधेका छौ ।

अमृतलाल श्रेष्ठ : यो बिषयमा म पनि जानकार छु । हामीलाई उपभोक्ताले निवेदन पनि दिएका छन् । यदी यो यर्थात हो भने गलत हो । एउटा मध्यवर्ती सामुदायीक बन समुहको गरिमामय पदमा बसेर यस्तो कार्य गर्नु गलत हो । यो बिषयमा हाम्रो समितिभित्र छलफल हुन बाकी छ । सम्बन्धीत निकायमा बसेर निकास कसरी निकाल्ने भन्ने बिषयमा छलफल भएको छैन् । अहिले संस्थाले आधिकारी धारणा सार्वजनीक गरिसकेको छैन् । हामीपछि निवेदनको बारेमा छलफल गर्छौ । गलत गरेको हो भने सजाय हुनुपर्छ । २१६ जना उपभोक्ताले समितिमा निवेदन दिएका छन् । निकुञ्जसंग छलफल भएको छैन् । यसले मध्यवर्ती क्षेत्रको बदनाम हुन्छ ।

अमृतलाल श्रेष्ठले यो घटना ठाकछोप गर्न खोजेको छ भन्ने तपाईमाथि आरोप छ नी ? के भन्नुहुन्छ ?

यो गलत हो । कसैले गलत गरेको छ भने कारर्वाही हुनुपर्छ । यसमा ढाकछोप हुने वाला छैन । यसरी कसैलाई पनि बचाउन सकिदैन । गल्ति गर्ने मान्छे कारर्वाहीको भागेदार हुन्छ । यसमा कुनै सत्यता छैन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*