जीतपुरसिमरामा अटो पल्टिदा ३ जना घाईते

ए वान डेस्क /
बाराको जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर १४ मा केहिबेर अघि अटो पल्टिदा ३ जना घाईते भएका छन् । डुमरवानाबाट सिमरा आउदै गरेको ना१ह ८८२२ नम्बरको अटो वडा नम्बर १४ स्थित जोर्लाही चोकमा पल्टिदा ३ जना घाईते भएका हुन् ।
ईलाका प्रहरी कार्यालय सिमराले दिएको जानकारी अनुसार सो अटो अनियन्त्रित भएर पल्टिएको हो । अटो पल्टिदा चालक डुमरवाना निवासी ठुल ब. गुरुङ, ललिता महरा घाईते भएका छन् भने एक जनाको परिचय खुल्न सकेको छैन् ।
घाईतेहरुको अलपाईन अस्पताल सिमरामा उपचार भईरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।