तारा कार्की घुस काण्ड : बिशेष भेला बोलाउन निकुञ्जको पत्र, अब के होला ?

ए वान डेस्क
१३ कार्तिक २०७५, मंगलवार १५:१७

ए वान डेस्क /

पर्सा राष्ट्रिय निकुञ्जले बिशेष भेला बोलाउन जनजागरण मध्यवर्ती सामुदायीक बन उपभोक्ता समुहलाई पत्र काटेको छ । अध्यक्ष ताराबहादुर कार्कीले ट्रयाक्टर चालकहरुसंग घुस लिएको भिडियोसहित उपभोक्ताहरुले निकुञ्जमा निवेदन दिएपछि निकुञ्जले बिशेष भेला बोलाउन जनजागरण मध्यवर्ती सामुदायीक बन उपभोक्ता समुहलाई पत्र काटेको हो ।

निकुञ्जबाट नियन्त्रणमा लिईएको ट्रयाकटर छुटाईने भन्दै अध्यक्ष कार्कीले चालकहरुसंग घुस लिएको भिडियो सामाजिक सञ्जालमा भईरल भएको थियो ।

अब के होला ?

११६ जना उपभोक्ताद्धारा हस्ताक्षर गरेको निवेदनको आधारमा निकुञ्जले बिशेष भेला बोलाउन निर्देशन दिएको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर तितुङ्गले ए वान समाचारलाई जानकारी दिनुभयो । ‘बिशेष भेला बोलाउन समुहलाई निकुञ्जले पत्राचार गरेको छ, यो दिन भन्ने चाही छैन’ अध्यक्ष तितुङ्गले भन्नुभयो ।

निकुञ्जले पत्र काटेपछि अब के हुन्छ ? भन्ने प्रश्नमा उहाले भन्नुभयो ‘अब तारा बहादुर कार्कीलाई राख्ने की नराख्ने भन्ने जिम्मा उपभोक्ताको हातमा छ, अब जे गर्नुछ त्यहिको उपभोक्ताले गर्छन्’ ।

प्रक्रिया अघि बढेको छ : प्रमुख संरक्षण अधिकृत

पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले उपभोक्ताको निवदेनका आधारमा आवश्यक प्रक्रिया अघि बढाईएको बताउनुभयो ।  ए वान समाचारसंग कुरागर्दे उहाले भन्नुभयो ‘उपभोक्ताको निवेदनपछि परेपछि अहिले आवश्यक प्रक्रिया अघि बढाएका छौ’ ।

यो पनि पढ्नुहोस् :

https://www.a1samachar.com/archives/8037

https://www.a1samachar.com/archives/7965

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*