कोशेली फुटबल प्रतियोगिता : चौरीसंग हरियाली पराजित

ए वान डेस्क
१५ कार्तिक २०७५, बिहीबार १७:५८

ए वान डेस्क /

बाराको जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २ मा जारी कोशेली कप फुटबल प्रतियोगितामा आज हरियाली युवा क्लबलाई पराजित गर्दे चौरी युवा क्लब विजयी भएको छ । वडा नम्बर २ स्थित हुलास स्टिलको आल्मोनियम डिभिजन पछाडी रहेको खेल मैदानमा आज भएको खेलमा हरियालीलाई २–१ गोल अन्तरले पराजित गर्दे चौरी युवा क्लब विजयी भएको हो ।

प्रतियोगिता अन्र्तगत भोलि दुई खेल हुने आयोजक कोशेली युथ क्लब सिमराका अध्यक्ष विशाल घिमिरेले जानकारी दिनुभयो । १५ टिमको सहभागिता रहेको प्रतियोगिताको बिजेताले २० हजार र उप–बिजेताले ११ हजार पाउनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*