बारा ४ (ख) मा आफ्ना प्रतिवद्धता पुरा गर्दे कुशुवाहा (अडियो कुराकानीसहित)

ए वान डेस्क
१६ कार्तिक २०७५, शुक्रबार ०८:३३

ए वान डेस्क /

बारा क्षेत्र नम्बर ४ (ख) ः ४ (ख) कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र उद्योगको व्यापक सम्भावना रहेको क्षेत्र हो । बारा क्षेत्र नम्बर ४ (ख) मा प्रसौनी गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६, फेटा गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, परवानीपुर गाउँपालिका र विश्रामपुर गाउँपालिका पर्दछन् ।

४ (ख) विकास र शिक्षाको दृष्टिकोणले निकै पछि परेको क्षेत्र हो । प्रयाप्त सम्भावना हुदाहुदै पनि यस क्षेत्रको विकास हुन सकेको छैन् । गतबर्ष सम्पन्न प्रदेशसभाको निर्वाचनमा क्षेत्र नम्बर–४ ‘ख’ मा राष्ट्रिय जनता पार्टी नेपालका महामन्त्री जितेन्द्र सोनल विजयी भए ।

उनले १३ हजार १ सय १८ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी तत्कालिन नेकपा माओवादी केन्द्रका उमेश कुशवाहाले ५ हजार ६ सय ९२ मत प्राप्त गरे । बिद्यार्थी जिवनदेखी नै राजनीतीमा सक्रिय कुशवाह विकासप्रेमी नेताका रुपमा चिनिन्छन् ।

निर्वाचनमा पराजित भएपछि पनि आफ्नो प्रतिवद्धता पत्र अनुसार ४ (ख) मा विकास निर्माणको काम गर्दे आएको कुशुवाहा बताउछन् । ए वान समाचारसंग कुरागर्दे कुशुवाहाले ४ (ख) शिक्षाको दृष्टिकोणले निकै पछि परेकोभन्दै यसको लागी आफु सक्रिय हुने बताए ।

४ (ख) को समस्या र समस्या समाधानका बिषयमा हामीले नेपाल कम्युनिष्ट पार्टीका युवा नेता उमेश कुशुवाहासंग कुराकानी गरेका छौ । शुनौ उहासंग गरिएको अडियो कुराकानी ।

https://youtu.be/9bD-3VwA9p0

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*