कोशेली फुटबल प्रतियोगिता : सास्कृतीक र आयोजक विजयी

ए वान डेस्क
१६ कार्तिक २०७५, शुक्रबार १८:५८

ए वान डेस्क /

नगोल युवा क्लबलाई पराजित गर्दे सास्कृतीक युवा क्लब बाराको जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २ मा जारी कोशेली कप फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रवेश गरेको छ । वडा नम्बर २ स्थित हुलास स्टिलको आल्मोनियम डिभिजन पछाडी रहेको खेल मैदानमा आज भएको पहिलो खेलमा नगोल युवा क्लबलाई ट्राईबेकरमा ४–२ गोल अन्तरले पराजित गर्दे सास्कृतीक युवा क्लब क्वाटर फाईनलमा प्रवेश गरेको हो ।

निर्धारित ६० मिनेटको खेलमा दुवै टिमबाट १–१ गोल भएपछि प्रतियोगिता ट्राईबेकरमा धकेलिएको थियो । क्वाटर फाईनल प्रवेश गरेको सास्कृतीक युवा क्लबले अब सेमिफाईनल प्रवेशका लागी सिमराको नव दुर्गा युवा क्लबसंग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिता अन्र्तगत आज भएको पहिलो खेलमा नगोल युवा क्लबका अभिनास कुवर म्यान अफ दि म्याच घोषित भए ।

यसैबिच, आज सम्पन्न दोस्रो खेलमा आयोजक कोशेली युवा क्लबले चौरी युवा क्लबलाई १–० गोल अन्तरले पराजित गरेको आयोजक कोशेली युथ क्लब सिमराका अध्यक्ष विशाल घिमिरेले जानकारी दिनुभयो । १५ टिमको सहभागिता रहेको प्रतियोगिताको बिजेताले २० हजार र उप–बिजेताले ११ हजार पाउनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*