पर्सा प्रहरीद्धारा चाँदीका गहना बरामद

ए वान डेस्क
१६ कार्तिक २०७५, शुक्रबार १९:३०

जिल्ला प्रहरी कार्यालय पर्साले आज अवैधरुपमा भित्र्याइएको साढे १४ किलो चाँदीका गहना बरामद गरेको छ । वीरगञ्जबाट पथलैयातिर आउदै गरेको ना २ ख ३९७९ नम्बरको यात्रुबाहक बसबाट प्रहरीले रु छ लाख २७ हजार मूल्य बराबरका १४ किलो ६७५ ग्राम चाँदीका गहनामा बेवारिसे अवस्थामा बरामद गरेको हो ।

बसलाई गण्डक चोकमा रोकी जाँच गर्दा सिटमुनि लुकाइराखेको झोलाबाट उक्त परिमाणको गहना बरामद गरिएकोे प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो । बरामद गहनाको कसैले जिम्मेवारी नलिएको बताइएको छ ।

बरामद गरिएका गहनामा पाउजू, औँठी, विभिन्न देवीदेवताका मूर्ति, कानको बाली, विक्षियालगायत गहना रहेका छन् । गहनालाई आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*