बारा प्रहरीद्धारा भन्सार छलीको मल बरामद

ए वान डेस्क
२० कार्तिक २०७५, मंगलवार ०८:५७

जिल्ला प्रहरी कार्यालय बाराले अबैद्य भन्सार छली गरेर नेपाल ल्याईएको मल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले कलैया उप–महानगरपालिका वडा नम्बर १० मटिअर्वाबाट मल बरामद गरेको हो ।

भारतबाट भन्सार छली ल्याईएको २५ हजार मुल्य बराबरको १४ बोरा युरीया मल र १८ बोरा पोटास लुकाई छिपाई राखेको अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक रंजितसिंह राठौरले जानकारी दिनुभयो । राठौरका अनुसार बरामद गरिएको मल आवश्यक कारर्वाहीका लागी भन्सार कार्यालय विरगञ्ज पठाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*