हुलासले उचाल्यो कोशेली फुटबल कपको उपाधी

ए वान डेस्क /
बाराको जीतपुरसिमरा उप–महानगरपालिकामा आयोजना गरिएको कोशेली फुटबल कप प्रतियोगिताको उपाधी हुलास फुटबल क्लबले उचालेको छ । वडा नम्बर २ स्थित हुलास स्टिलको आल्मोनियम डिभिजन पछाडी रहेको खेल मैदानमा भएको फाईनल खेलमा सामुदायीक बिकाशसील युवा क्लबलाई पराजित गर्दे हुलासले उपाधी उचालेको हो ।
निर्धारित ६० मिनेटको खेलमा दुवै टिमबाट गोल हुन नसकेपछि प्रतियोगिता ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा हुलास फुटबल क्लबले सामुदायीक बिकाशसील क्लबलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।
https://youtu.be/pkVfLOc9V8Q
प्रतियोगिताको बिजेता हुलास फुटबल क्लबले २० हजार र उप–बिजेता सामुदायीक बिकाशसील क्लबले ११ हजार पायो । प्रतियोगिता अन्र्तगत सामुदायीक बिकाशसील क्लबका निरज मगर म्यान अफ द सिरिज भए ।
मगरले प्रतियोगिता अवधीभर सबैभन्दा बढि ५ गोल गरेका थिए । प्रतियोगितामा आयोजकसहित १५ टिमको सहभागिता रहेको थियो ।
आयोजक कोशेली युवा क्लबका अध्यक्ष बिसाल घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी भरत भुर्तेल, हेमराज न्यौपाने, सुजन पुडाशैनी, राजु ढुंगाना, संतोष कार्की लगायतको उपस्थिति रहेको थियो ।