बारामा सवारी दुर्घटना हुदा ३ जनाको मृत्यु

ए वान डेस्क /
बारामा गएराती सवारी दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २ जना गंभिर घाईते भएका छन् । पुर्वबाट पश्चिमतर्फ जादै गरेको ग२च २३२५ नम्बरको टयाक्सी र पश्चिमबाट पुर्वतिर आउदै गरेको बा२ज २११७ नम्बरको बोलेरो एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराले दिएको जानकारी अनुसार घटना गएराती साढे १ बजे निजगढ नगरपालिकास्थित भमरा पुलमा भएको थियो । दुर्घटनामा परी भक्तपुर निवासी समुन्द्र श्रेष्ठ, निजगढ नगरपालिका वडा नम्बर ७ निवासी आकाश माझि र सोही ठाउ बस्ने बिसाल माझिको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी वडा नम्ब ७ निवासी नरेश माझि र मकवानपुर निवासी अर्जुन माझि गंभिर घाईते हुनुभएको छ । दुवै जनाको निजगढमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।