बारा महोत्सवको तयारी अन्तिम चरणमा

ए वान डेस्क
२६ कार्तिक २०७५, सोमबार ०७:३४

जितपुरसिमरा उपमहानगरपालीकास्थित दुधौरा पुलको किनारमा आयोजना हुन लागेको कृषि, पर्यटन तथा औद्योगिक ब्यापार मेला (बारा महोत्सव) को तयारी अन्तिम चरणमा पुगेको छ ।

महोत्सव आयोजक संस्था एस फाउण्डेसन अफ नेपालले पत्रकार सम्मेलनको आयोजना गर्दै तयारी र उदेश्यका विषयमा जानकारी गराएको हो । संस्थाका अध्यक्ष वेद प्रसाद भट्टले दुधौरा पुलको किनारलाई रिभर पार्क निर्माणको उद्येश्यले महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए ।

कात्तिक ३० गते देखी मंसीर १० गतेसम्म आयोजना हुने महोत्सवको उदेश्य रिभर पार्कसहित जिल्लाको कृषि उत्पादनको बजारीकरण तथा प्रवर्धन, औद्योगिक उत्पादनको प्रदर्शनी र पर्यटन प्रवद्र्धन गर्ने रहेको छ । करिब ५८ लाखको अनुमानित लागत रहेको महोत्सवको मुनाफाबाट दुधौरा खोला पार्क निर्माण गर्ने उदेश्य लिएको अध्यक्ष भट्टले जानकारी दिए ।

https://youtu.be/ACZ9F9tX_ek

महोत्सव अवधीभरी कृषी, पर्यटन र औद्योगिक क्षेत्रको विषयमा दर्शकले जानकारी लिन सक्ने गरी तयारी भईरहेको अध्यक्ष भट्टले बताए । महोत्सवलाई करिब दुई लाख दर्शकले अवलोकन गर्ने लक्ष्य आयोजकले राखेको छ ।

महोत्सव स्थलमा जिल्लाभित्र रहेको कृषीको अवस्था र सम्भावनाको बिषयमा विज्ञसंग जानकारी लिन सक्ने गरी ब्यवस्था मिलाइएको आयोजकको भनाई छ । यसैगरी जिल्लाको पर्यटकिय स्थलका बारेमा तस्विर, भिडियो र ब्रोसरबाट जानकारी गराउने तयारी भईरहेको अध्यक्ष भट्टले बताए ।

महोत्सवको उद्घाटन उद्योग तथा आपूर्ति मन्त्री मातृका यादवले उद्घाटन गर्ने कार्यक्रम तय भएको सञ्चार संयोजक प्रदीप गौतमले जानकारी दिए । महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती रहनेछ ।

आयोजकका अनुसार शिव परियार, प्रमोद खरेल, ज्योती मगर, कमल खत्री, कमल के. क्षेत्री, दिपक लिम्बु, मिलन लामा, टिका प्रसाई, प्रिती आले, हास्य कलाकार दिनेश काफ्ले, नेपाल आइडलका निशान भट्टराई लगायत ३० जना भन्दा बढी कलाकारको प्रस्तुती रहनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*