वडा अध्यक्ष रामबाबु गुप्ताले छठ ब्रतालुलाई दिए कपडा (भिडियोसहित)

प्रत्यक बर्षझै यसबर्ष पनि जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु गुप्ताले छठको ब्रत गर्ने ब्रतातुहरुलाई नगदसहित कपडा वितरण गर्नुभएको छ । नेपालीहरुको महान पर्व छठको अवसरमा वडा अध्यक्ष गुप्ताले बिगतमा झै यसबर्ष पनि ब्रतालुहरुलाई नगदसहित कपडा वितरण गर्नुभएको हो ।
https://youtu.be/AWCAFf_ZNyI
झन्डै १४ बर्षदेखि जीतपुरस्थित आफ्नै निवासमा ब्रतालुहरुलाई कपडा वितरण गर्दे आउनुभका गुप्ताले सामाजिक कार्यमा आफु कहिल्यै पछि नपर्ने बताउनुभयो । गुप्ताले हिजो र आज गरी झन्डै २ सय जना ब्रतालुलाई नगदसहित कपडा वितरण गर्दे हुनुहुन्छ ।