बारा महोत्सवमा नेपाल आईडलका प्रताप दास, निशान भट्राईदेखि असोक दर्जीसम्म आउने (कलाकारको नामावलीसहित)
ए वान डेस्क /
बाराको जीतपुरसिमरा उप–महानरपालिका वडा नम्बर १४ स्थित दुधौरा रिभर साईडमा हुन लागेको बारा महोत्सव २०७५ मा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुले आफ्नो प्रस्तुती देखाउने भएका छन् । आयोजक एस फाउण्डेशन अफ नेपालले दिएको जानकारी अनुसार महोत्सवमा ३० जनाभन्दा बढि राष्ट्रिय स्तरकार कलाकारहरुले आफ्नो प्रस्तुती देखाउने भएका हुन् ।
महोत्सवमा आईडलका निशान भट्राई र प्रताप दासले समेत आफ्नो प्रस्तुती देखाउने बुझिएको छ । यी हुन् राष्ट्रिय कलाकार
शिव परियार
प्रमोद खरेल
ज्योति मगर
बद्रि पंगेनी
कमल खत्री
कमल के. क्षेत्री
दिपक लिम्ब
मिलन लामा
टिका प्रसाई
प्रिति आले
प्रकास सपुत
हास्यकलाकार दिनेश काफ्ले,
नेपाल आईडलका निशान भट्राई, प्रताप दास,
बिकास पाण्डे
भोजपुरी गायक सुनिल पण्डित,
देवेन्द्र कार्की
संगिता चौधरी,
प्रमोद जखमी
महोत्सवमा र्यापर लाउरे समेत ल्याउने तयारी भईरहेको फाउण्डेशनका अध्यक्ष बेद प्रसाद भट्टले जानकारी दिनुभयो । महोत्सव यही कार्तिक ३० गतेदेखि मंसिर १० गतेसम्म हुदैछ ।
महोत्सवमा मुख्य प्रायोजकको रुपमा जगदम्बा स्टिल प्रा.ली, मुख्य सहयोगी संस्थाको रुपमा जीतपुरसिमरा उप–महानगरपालिका तथा प्रवर्धकको रुपमा नेपाल पर्यटन बोर्ड रहेको छ ।















