बारामा तिहारदेखि बेपत्ता युवा केराबारीमा मृत फेला

ए वान डेस्क
२७ कार्तिक २०७५, मंगलवार २०:१६

निजगढ नगरपालिका–९ ठाडोलाईनका यज्ञ बहादुर खड्का १८ वर्षिय छोरा विनोद खड्का मृत भएका छन्। घरभन्दा २ सय मिटर पूर्व रहेको प्रदिप खड्काको केरा बारीमा मंगलबार विहान मृत भेटिएका हुन् ।

अहिले प्रहरी टोली घटनास्थलमा पुगेर घेरा हालेर शवको प्रारम्भिक अनुसन्धान गईरहेको छ । शवबाट दुर्गन्ध आईसकेको छ । चाडबाडको बेला भएकाले खेतमा कोही नगएको कारण शव ढिलो फेला परेको हुन सक्ने प्रहरीले जनाएको छ ।

शवका कुनै प्रकारको बाहिरी चोटपटक नदेखिएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विक्रम लामाले जानकारी दिए ।
मृतकका बुवा बैदेशिक रोजगारीमा छन् । पढाई छाडेका विनोद बेला–बेलामा घर छाडेर हिड्ने गरेका कारण बेपत्ता भएको अवस्थामा खोजी कार्यमा परिवारले ध्यान नदिएको स्थानीयले बताएका छन् ।

थप भिडियोमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*