बारा महोत्सवमा भोलि चर्चित नायक नाजिर हुसेन आउने

ए वान डेस्क /
बाराको जीतपुरसिमरा उप–महानगरपालिकामा भोलिदेखि शुरु हुने कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला (बारा महोत्सव २०७५) मा भोलि नेपालका चर्चित नायक नाजिर हुसेन आउनुहुने भएको छ । वडा नम्बर १४ स्थित दुधौरा रिभर साईडमा हुन लागेको महोत्सवमा हुसेन भोलि बारा आउन लाग्नुभएको हो ।
वडा नम्बर १४ निवासी हुसेनलाई भोलि उद्घाटन कार्यक्रमकाबिच सम्मान गर्ने तयारी भईरहेको आयोजक एस फाउण्डेशन अफ नेपालका अध्यक्ष बेद प्रसाद भट्टले जानकारी दिनुभयो । स्थानीय स्तरबाट कलाकारीतामा संघर्ष गरेर राष्ट्रिय स्तरसम्म आफ्नो छवि बनाउन सफल भएकोभन्दै हुसेनलाई आयोजकले उद्घाटन कार्यक्रमकाबिच सम्मान गर्न लागेको हो ।
कार्यक्रमकाबिच भोलि संघिय सरकारका उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मात्रिका प्रसाद यादवले हुसेनलाई सम्मान गर्ने कार्यक्रम छ । हुसेनले अहिलेसम्म थुप्रै चलचित्रमा अभिनय गरिसक्नुभएको छ ।
हुसेनले आफ्नो अभिनय करियर मन्दला थिएटरबाट सुरु गर्नुभएको थियो । चलचित्र क्षेत्रमा प्रवेश गर्नु अगाडि रंगकर्मीको रुपमा चर्चा कमाईसक्नुभएको छ । रंगमञ्चमा उहाले भूमिका गरेका प्रमुख नाटकहरुमा माथा पन्चर, डिग्री माइला, चरनदास चोर प्रमुख थिए ।
उहाका प्रमुख चलचित्रहरुमा ‘होस्टेल रिटर्न्स’, ‘गँठो’, ‘जंगे’, ‘पुन्टे परेड’, ‘वीर विक्रम’, ‘तिमी सङ्ग’ हुन् ।