बारा महोत्सव २०७५ आजदेखि शुरु हुदै, उद्योगमन्त्रीले उद्घाटन गर्ने

ए वान डेस्क
३० कार्तिक २०७५, शुक्रबार ०७:२२

ए वान डेस्क /

बारामा आजदेखि कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला (बारा महोत्सव २०७५) शुरु हुदैछ । एस फाउण्डेशन अफ नेपालको मुख्य आयोजनामा जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर १४ मा आजदेखि महोत्सव शुरु हुन लागेको हो ।

महोत्सवको आज एक कार्यक्रमकाबिच संघिय सरकारका उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मात्रिका प्रसाद यादवले उद्घाटन गर्ने कार्यक्रम छ । वडा नम्बर १४ स्थित दुधौरा रिभर साईडमा हुन लागेको महोत्सव मंसिर १० गतेसम्म चल्नेछ ।

आजदेखि शुरु हुने कृषि, पर्यटन तथा औद्योगिक ब्यापार मेला (बारा महोत्सव) को मुख्य आकषर्णको रुपमा रिभर पार्कसहित जिल्लाको कृषि उत्पादनको बजारीकरण तथा प्रवर्धन, औद्योगिक उत्पादनको प्रदर्शनी र पर्यटन प्रवद्र्धन रहेको छ । करिब ५८ लाखको अनुमानित लागतमा हुन लागेको महोत्सवको मुनाफाबाट दुधौरा खोला पार्क निर्माण गर्ने उदेश्य लिईएको फाउण्डेशनका अध्यक्ष बेद प्रसाद भट्टले जानकारी दिनुभयो ।

महोत्सव अवधीभरी कृषी, पर्यटन र औद्योगिक क्षेत्रको विषयमा दर्शकले जानकारी लिन सक्नेछन् । महोत्सव करिब दुई लाख दर्शकले अवलोकन गर्ने लक्ष्य आयोजकले राखेको छ । महोत्सव स्थलमा जिल्लाभित्र रहेको कृषीको अवस्था र सम्भावनाको बिषयमा विज्ञसंग जानकारी लिन सक्ने गरी ब्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

यसैगरी जिल्लाको पर्यटकिय स्थलका बारेमा तस्विर, भिडियो र ब्रोसरबाट जानकारी गराउने तयारी भईरहेको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती रहनेछ ।

महोत्सवमा नेपालका चर्चित गायक शिव परियार, प्रमोद खरेल, ज्योती मगर, कमल खत्री, कमल के. क्षेत्री, दिपक लिम्बु, मिलन लामा, टिका प्रसाई, प्रिती आले, हास्य कलाकार दिनेश काफ्ले, नेपाल आइडलका निशान भट्टराई, प्रताप दास लगायत ३० जना भन्दा बढी कलाकारले आफ्नो प्रस्तुती देखाउनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*