सिमरामा कोबिनि हस्पिटालिटि म्यानेजमेन्टको उद्घाटन

ए वान डेस्क
१ मंसिर २०७५, शनिबार १२:०८

ए वान डेस्क /

बाराको सिमरामा आजदेखि कोबिनि हस्पिटालिटि म्यानेजमेन्ट प्रा.लि सञ्चालनमा आएको छ । प्रा.लिको आज एक कार्यक्रमकाबिच जीतपुरसिमरा उप–महानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे नगर प्रमुख पौडेलले सिमरामा पहिलो पटक यस्तो संस्था खुल्नु खुशिको बिषय भएकोभन्दै सफल्ताको शुभकाममना दिनुभयो । ‘हाम्रो ठाउमा यस्तो हस्पिटालिटि म्यानेजमेन्ट खुल्नु खुशिको कुरा हो, तर पैसाको बिषयमा भने हामीसंग समन्वय गरेर काम गर्नुहोस’ उहाले भन्नुभयो ।

कार्यक्रममा बोल्दै कोबिनि हस्पिटालिटि म्यानेजमेन्ट प्रा.लिका सञ्चालक कोमल न्यौपानेले पटक सिमरामा संस्था खोल्न पाउदा आफु निकै खुशि भएको भन्दै आगामी दिनमा आफुले सबै पक्षबाट सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

कार्यक्रममा होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछाने, उपाध्यक्ष अर्जुन लम्साल, बाराका बरिष्ठ पत्रकार रेशम तिवारी, खेलकुद पत्रकार मञ्च बाराका अध्यक्ष सुनिल गाउले, पर्यटन पत्रकार संघ बाराका अध्यक्ष पवन यादव, संगितकला मञ्च बाराका अध्यक्ष बिकास पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

कोबिनि हस्पिटालिटि म्यानेजमेन्ट प्रा.लिका अध्यक्ष कोमल न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्चारकर्मी प्रदिप गौतमले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*