बारा महोत्सव : आज प्रिति आलेदेखि कमल के. क्षेत्रीसम्म आउने

ए वान डेस्क
४ मंसिर २०७५, मंगलवार १०:२२

ए वान डेस्क /

बाराको जीतपुरसिमरा उप–महानगरपालिकामा जारी बारा महोत्सव २०७५ मा आजपनि राष्ट्रिय स्तरका कलाकारहरुले आफ्नो प्रस्तुती देखाउने भएका छन् । एस फाउण्डेशन अफ नेपालको आयोजनामा वडा नम्बर १४ स्थित दुधौरा रिभर साईडमा भईरहेको महोत्सवमा नेपालका चर्चित गायक/गायिकाहरुले आफ्नो प्रस्तुती देखाउने भएका हुन् ।

महोत्सवको पाचौ दिन आज नेपालका चर्चित गायक कमल के. क्षेत्री, चर्चित लोकदोहोरी गायिका प्रिति आले, लोकदोहोरी गायक तथा हास्यकलाकार ढकाराम पौडेल लगायतले आफ्नो प्रस्तुती देखाउने आयोजक एस फाउण्डेशन अफ नेपालका अध्यक्ष बेद प्रसाद भट्टले जानकारी दिनुभयो । साथमा मोर्डन बिट्स रिभोलुसन ब्याण्डसहित स्थानीय कलाकारहरुले पनि आज आफ्नो प्रस्तुती देखाउने अध्यक्ष भट्टले बताउनुभयो ।

महोत्सव मंसिर १० गतेसम्म चल्नेछ । कृषि, पर्यटन तथा औद्योगिक ब्यापार मेला (बारा महोत्सव) को मुख्य आकषर्णको रुपमा रिभर पार्कसहित जिल्लाको कृषि उत्पादनको बजारीकरण तथा प्रवर्धन, औद्योगिक उत्पादनको प्रदर्शनी र पर्यटन प्रवद्र्धन रहेको छ । करिब ५८ लाखको अनुमानित लागतमा हुन लागेको महोत्सवको मुनाफाबाट दुधौरा खोला पार्क निर्माण गर्ने उदेश्य लिईएको फाउण्डेशनका अध्यक्ष भट्टले जानकारी दिनुभयो ।

महोत्सव अवधीभरी कृषी, पर्यटन र औद्योगिक क्षेत्रको विषयमा दर्शकले जानकारी लिन सक्नेछन् । महोत्सव करिब दुई लाख दर्शकले अवलोकन गर्ने लक्ष्य आयोजकले राखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*