बारा महोत्सवमा आज ‘बोल माया’ का प्रकास सपुत आउने
ए वान डेस्क /
प्रदेश नम्बर २ को बारामा भईरहेको कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलामा आज नेपालका चर्चित लोकदोहोरी गायक प्रकास सपुत आउने भएका छन् । जीतपुरसिमरा उप–महानगरपालिकाको वडा नम्बर १४ स्थित दुधौरा रिभर साईडमा भईरहेको बारा महोत्सव २०७५ मा आफ्नो प्रस्तुती देखाउन सपुत बारा आउन लागेका हुन् ।
सपुतको पछिल्लो समय बजारमा आएको बोल मायाको लोकदाहोरी गित निकै चर्चामा छ । त्यसबाहेक गायिका प्रिति आलेसंगको लोक ब्याटलपनि अहिले भाईरल भएको छ । यस्तै आज महोत्सवमा चर्चित गायक डेबिड संकरपनि बारा आउने भएका छन् । पछिल्लो समय डेबिड संकरको छक्का पञ्जा ३ को पहिलो नम्बरमा भन्ने गित निकै नै चर्चामा छ ।
यस्तै आज निजगढको अननोन ब्याण्डले पनि आफ्नो प्रस्तुती देखाउने आयोजक एस फाउण्डेशन अफ नेपालका अध्यक्ष बेद प्रसाद भट्टले जानकारी दिनुभयो । कृषि, पर्यटन तथा औद्योगिक ब्यापार मेला (बारा महोत्सव) को मुख्य आकषर्णको रुपमा रिभर पार्कसहित जिल्लाको कृषि उत्पादनको बजारीकरण तथा प्रवर्धन, औद्योगिक उत्पादनको प्रदर्शनी र पर्यटन प्रवद्र्धन रहेको छ ।
करिब ५८ लाखको अनुमानित लागतमा हुन लागेको महोत्सवको मुनाफाबाट दुधौरा खोला पार्क निर्माण गर्ने उदेश्य लिईएको फाउण्डेशनका अध्यक्ष भट्टले जानकारी दिनुभयो ।