बारा महोत्सवमा आज नेपाल आईडलका प्रताप दास आउने
ए वान डेस्क /
आज नेपाल आईडलका प्रताप दास आज बारा आउने भएका छन् । जीतपुरसिमरा उप–महानगरपालिकाको वडा नम्बर १४ स्थित दुधौरा रिभर साईडमा भईरहेको बारा महोत्सव २०७५ मा आफ्नो प्रस्तुती देखाउन दास बारा आउन भएका हुन् ।
दास नेपाल आईडलको पहिलो सिजनमा तेश्रो भएका थिए । पछिल्लो समय दासले चलचित्रमा समेत आफ्नो स्वर दिईसकेका छन् । यस्तै चर्चित भोजपुरी गायक सुनिल पण्डित र गायिका संगिता चौधरी पनि महोत्सवमा आउने आयोजक एस फाउण्डेश अफ नेपालका अध्यक्ष बेद प्रसाद भट्टले जानकारी दिनुभयो ।
कृषि, पर्यटन तथा औद्योगिक ब्यापार मेला (बारा महोत्सव) को मुख्य आकषर्णको रुपमा रिभर पार्कसहित जिल्लाको कृषि उत्पादनको बजारीकरण तथा प्रवर्धन, औद्योगिक उत्पादनको प्रदर्शनी र पर्यटन प्रवद्र्धन रहेको छ । करिब ५८ लाखको अनुमानित लागतमा हुन लागेको महोत्सवको मुनाफाबाट दुधौरा खोला पार्क निर्माण गर्ने उदेश्य लिईएको फाउण्डेशनका अध्यक्ष भट्टले जानकारी दिनुभयो ।