बारा महोत्सव : आज कमल खत्रीदेखि लिटिल पनाम पथलैयासम्म आउने

ए वान डेस्क /
बाराको जीतपुरसिमरा उप–महानगरपालिकामा जारी कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला (बारा महोत्सव २०७५) मा आजपनि राष्ट्रिय स्तरका कलाकारहरुले आफ्नो प्रस्तुती देखाउने भएका छन् । वडा नम्बर १४ स्थित दुधौरा रिभर साईडमा भईरहेको महोत्सवमा नेपालका चर्चित गायक कमल खत्री लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती देखाउने भएका छन् ।
महोत्सवमा आज पछिल्लो समय चर्चित गायक खत्रीसंगै चर्चित गायिका सहिमा श्रेष्ठ, चिजा लामा, शान्ति मम्बा, डान्सर श्रृष्टि थोकर, लिटिल पनाम पथलैया लगायत स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुती देखाउने आयोजक एस फाउण्डेशन अफ नेपालका अध्यक्ष बेद प्रसाद भट्टले जानकारी दिनुभयो । महोत्सवमा प्रत्यक दिन जसो राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुले आफ्नो प्रस्तुती देखाईरहेका छन् ।
कार्तिक ३० गतेदेखि शुरु भएको महोत्सव मंसिर १० गतेसम्म चल्नेछ ।