बारा महोत्सवमा आज बद्रि पंगेनीदेखि टिका प्रसाईसम्म आउने

ए वान डेस्क /
जीतपुरसिमरा उप–महानगरपालिकाको वडा नम्बर १४ स्थित दुधौरा रिभर साईडमा भईरहेको बारा महोत्सव २०७५ मा आज गायक बद्रि पंगेनीले आफ्नो प्रस्तुती देखाउने भएका छन् । आयोजक एस फाउण्डेशन अफ नेपालले दिएको जानकारी अनुसार आज महोत्सवको ९औ दिन गायक पंगेनी आउने भएका हुन् ।
यस्तै महोत्सवमा गायिका टिका प्रसाई, हास्यकलाकार प्रभात लामा लगायतले आफ्नो प्रस्तुती देखाउने फाउण्डेशनका अध्यक्ष बेद प्रसाद भट्टले जानकारी दिनुभयो । महोत्सवमा प्रत्यक दिन जसो राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुले आफ्नो प्रस्तुती देखाईरहेका छन् ।
कार्तिक ३० गतेदेखि शुरु भएको महोत्सव मंसिर १० गतेसम्म चल्नेछ ।