बारा महोत्सवमा ‘स्वास्थ्य शिविर’, ४०० भन्दा बढिले गरे परिक्षण
ए वान डेस्क /
बाराको जीतपुरसिमरा उप–महानगरपालिकामा आयोजित बारा महोत्सव २०७५ मा आज स्वास्थ्य शिविर आयोजना गरिएको छ । महोत्सव स्थल दुधौरा रिभर साईडमा आयोजना गरिएको स्वास्थ्य शिविरमा उल्लेख्य दर्शकहरुले स्वास्थ्य परिक्षण गराएका छन् ।
एस फाउण्डेशन अफ नेपालको मुख्य आयोजनामा आज भएको स्वास्थ्य शिविरमा ४०० जना भन्दा बढिले स्वास्थ्य परिक्षण गराएका हुन् । शिविरको एकिकृत चिकित्सा विकास संस्थान नेपालले संयोजन गरेको थियो ।
शिविरको आज बिहान एक कार्यक्रमकाबिच नेपाल भारत मैत्री संघका केन्द्रिय अध्यक्ष राजकुमार सिन्द्घिले उद्घाटन गर्नुभएको थियो । स्वास्थ्य परिक्षण गराएकाहरुलाई शिविरका बिच निशुल्क औषधीसमेत विरण गरिएको थियो ।
कार्यक्रममा जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष रामशरण बर्तौला, समाजसेवी बरुण गौतम लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम एस फाउण्डेशन अफ नेपालका अध्यक्ष बेद प्रसाद भट्टको अध्यक्षतामा सम्पन्न भएको थियो ।