बारा महोत्सवमा आज टंक बुढाथोकी र असोक दर्जी आउने

ए वान डेस्क
९ मंसिर २०७५, आईतवार ०८:०६

ए वान डेस्क /

प्रदेश नम्बर २ को बारामा जारी कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला (बारा महोत्सव २०७५) मा आज नेपालका चर्चित गायक टंक बुढाथोकी र असोक दर्जी आउने भएका छन् । वडा नम्बर १४ स्थित दुधौरा रिभर साईडमा भईरहेको महोत्सवमा आज बुढाथोकी र दर्जी आउने भएका हुन् ।

पछिल्लो समय ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ बोलको गितसंगै बुढाथोकी र दर्जी अहिले निकै चर्चामा छन् । संगितकार समेत रहेका बुढाथोकीको साथमा असोक दर्जी आउने भएपछि यस क्षेत्रका दर्शकहरु निकै उत्साहित देखिएका छन् ।

युटुबमा निकै भाईरल बनेको दर्जीको भिडियो अहिलेसम्म १ करोड भन्दा बढि दर्शकले हेरिसकेका छन् । बुढाथोकी र दर्जीको साथमा आज ए आर बुढाथोकी पनि आउने भएका छन् । ए आरले गाएको कसरी कसरी बोलको गितपनि युटुबमा निकै चर्चामा छ ।

आजको सास्कृतिक कार्यक्रम दिउसो ३ बजेदेखि शुरु हुने आयोजक एस फाउण्डेशन अफ नेपालका अध्यक्ष बेद प्रसाद भट्टले जानकारी दिनुभयो । कार्तिक ३० गतेदेखि शुरु भएको महोत्सव मंसिर १० गतेसम्म चल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*