गायक प्रमोद खरेल बारामा,जाने हैन दुधौरा रिभर साईड ?

बाराको जीतपुरसिमरा उप–महानरपालिकामा जारी कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला बारा महोत्सव २०७५ मा आज नेपालका चर्चित गायक प्रमोद खरेलले आफ्नो प्रस्तुती देखाउने भएका छन् ।
वडा नम्बर १४ स्थित दुधौरा रिभर साईडमा भईरहेको महोत्सवमा गायक खरेलले आज आफ्नो प्रस्तुती देखाउने भएका हुन् । आफ्नो प्रस्तुती देखाउन गायक खरेल बारा आईसकेका छन् । उनलाई आयोजक एस फाउण्डेशन अफ नेपालका अध्यक्ष बेद प्रसाद भट्ट, महोत्सव मुल आयोजक समारोह समितिका व्यवस्थापक गणेश ठकुरी, प्रेश संयोजक प्रदिप गौतम लगायतले सिमरा बिमानस्थलमा स्वागत गर्नुभएको थियो । खरेलको ओई झुमा, धन्तैमा लगायतका गित पछिल्लो समय निकै चर्चा छन् ।
लामो समयदेखि सांगितिक क्षेत्रमा सक्रिय खरेल पछिल्लो समय भ्वाईस अफ नेपालको कारणले पनि निकै चर्चामा छन् । गायक खरेलसंगै आज संगितकला मञ्च बाराका सदस्यहरुले पनि आफ्नो प्रस्तुती देखाउने मञ्च बाराका अध्यक्ष बिकास पाण्डेले जानकारी दिनुभयो । कार्तिक ३० गतेदेखि शुरु भएको महोत्सव आज सकिने भनिएतापनि आयोजकले २ दिन समय थप गरेपछि महोत्सव पर्सि सकिने भएको छ । थप २ दिनमा चर्चित र्यापर लाहुरे र भिटेन ल्याउने तयारी आयोजकले गरेको छ ।