बारा महोत्सव : आज मिस्टर डि, दुर्गेस थापा, नविन पौडेल र दिनेश काफ्ले आउने

ए वान डेस्क /
कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला ‘बारा महोत्सव–२०७५’ मा आज चर्चित र्यापर मिस्टर डि आउने भएका छन् । जीतपुरसिमरा उप–महानगरपालिकाको वडा नम्बर १४ स्थित दुधौरा रिभर साईडमा भईरहेको महोत्सवमा आफ्नो प्रस्तुती देखाउन मिस्डर डि आउने भएका हुन् ।
मिस्टर डिको बन्दैछ नेपाल, बन्द छ नेपाल गित युटुबमा निकै चर्चामा छ । यसैगरी मिस्टर डिको नाच बसन्ती गितपनि दर्शकहरुले युटुबमा निकै रुचाएका छन् । यस्तै कार्यक्रममा चर्चित गायक दुुर्गेस थापा, लोक गायक नविन पौडेल, हास्यकलाकार दिनेश काफ्ले लगायतले पनि आफ्नो प्रस्तुती देखाउने आयोजक एस फाउण्डेशन अफ नेपालका अध्यक्ष बेद प्रसाद भट्टले जानकारी दिनुभयो ।
यसैगरी संगितकला मञ्च बाराका पदाधिकारीहरुले समेत आज आफ्नो प्रस्तुती देखाउने अध्यक्ष भट्टले बताउनुभयो । कार्तिक ३० गतेदेखि शुरु भएको महोत्सव भोलिसम्म चल्नेछ ।