बारा महोत्सवमा आज भिटेन, सिर्जना खत्री र दिनेश काफ्ल आउने

ए वान डेस्क
१२ मंसिर २०७५, बुधबार १३:५४

ए वान डेस्क /

बारा महोत्सव २०७५ मा आज भिटेनले आफ्नो प्रस्तुती देखाउने भएको छ । जीतपुरसिमरा उप–महानगरपालिकाको वडा नम्बर १४ स्थित दुधौरा रिभर साईडमा जारी महोत्सवमा भिटेनले आज आफ्नो प्रस्तुती देखाउने भएको हो ।

भिटेन युवापुस्तामाझ अहिले निकै लोकप्रिय छ । भिटेनको कथा, चुरोट, हालखबर लगायतका थुप्रै गित चर्चामा छन् । भिटेनसंगै चर्चित गायिका सिर्जना खत्री , हास्यकलाकार दिनेश काफ्लले पनि आफ्नो प्रस्तुती देखाउने आयोजक एस फाउण्डेशन अफ नेपालका अध्यक्ष बेद प्रसाद भट्टले जानकारी दिनुभयो ।

त्यसबाहेक कलाकारहरुले समेत महोत्सवमा आफ्नो प्रस्तुती देखाउने अध्यक्ष भट्टले बताउनुभयो । कार्तिक ३० गतेदेखि शुरु भएको महोत्सव आज सम्पन्न हुदैछ । आज एक कार्यक्रमकाबिच १३ दिने महोत्सव समापन गर्ने आयोजकले तयारी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*