मैले सक्ने सहयोग गर्छु : सासंद ज्वाला साह

ए वान डेस्क
१७ मंसिर २०७५, सोमबार १५:१८

ए वान डेस्क /

बारा क्षेत्र नम्बर ३ क की प्रदेशसभा सदस्य ज्वाला साहले अपांगता भएका व्यक्तिहरुको हक अधिकार सुनिश्चित गर्न सरकार गंभिर हुनुपर्ने बताउनुभएको छ । २७औ अन्तरष्ट्रिय अपांग दिवसको अवसरमा नेपाल अपांग सेवा संघ बाराले सिमरामा आयोजना गरेको अपांगता परिचय पत्र वितरण सम्बन्धी निर्देशक बारे अन्र्तक्रिया तथा सम्मान कार्यक्रममा बोल्दै सासंद साहले यस्तो बताउनुभएको हो ।

‘अपांगता भएकाहरुको मुद्धामा सरकारले बिशेष ध्यान दिनुपर्छ, त्यसको लागी सरकार दृढताका साथ लाग्न आवश्यक छ’ उहाले भन्नुभयो । उहाले अपांगता भएकाहरुको जिवन स्तर उकास्न आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा बोल्दै जीतपुरसिमरा उप–महानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले अपांगता भएकाहरुको जिवन स्तर उकास्न उप–महानगर प्रतिवद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय अपांग महासंघ प्रदेश नम्बर ३ का संयोजक गंगा प्रसाद वाग्लले राज्यको उदासिन्ताका कारण अपांगता भएकाहरु जहिल्यै पछि पर्ने गरेको दुखेको पोख्नुभयो । कार्यक्रममा नेपाल अपांग सेवा संघ बाराका संस्थापाक अध्यक्ष भोला प्रसाद अधिकारी, नेकपाका नेता कृष्ण खनाल, नेपाली काग्रेसका सुशिल ढोडारी, समाजसेवी शिव चापागाई लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रमकाबिच संघ बाराले पत्रकारहरुलाई सम्मान समेत गरेको थियो । समाचार प्रकाशन तथा प्रशारण गरेर सहयोगभन्दै संघले कार्यक्रमकाबिच पत्रकारहरुलाई सम्मान गरेको हो । यसरी सम्मानीत हुनेहरुमा पत्रकार सुनिल गाउले, दिवाकर भण्डारी, उमेश सुनुवार, प्रदिप गौतम लगायत रहेका छन् ।

कार्यक्रम संघ बाराका अध्यक्ष धन प्रसाद बजगाईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*