जनहित उपभोक्ता समितिले नया वार्डेनलाई गर्यो स्वागत

ए वान डेस्क
१७ मंसिर २०७५, सोमबार १८:५२

ए वान डेस्क /

बाराको सिमरामा रहेको जनहित उपभोक्ता समितिले पर्सा राष्ट्रिय निकुञ्जका नया प्रमुख संरक्षण अधिकृत ‘वार्डेन’ अमिरलाल महर्जनलाई स्वागत गरेको छ । वडा नम्बर २ मा रहेको समितिको कार्यालयमा आज आयोजित एक कार्यक्रमकाबिच वार्डेन महर्जनलाई स्वागत गरेको हो ।

स्वागत गर्न आयोजित परिचयात्मक कार्यक्रममा बोल्दै पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत महर्जनले विशेष गरी मध्यवर्ति क्षेत्रमा बासोबास गर्नेहरुको जिवीकोपार्जनमा सहयोग गर्ने उद्धेश्यले आरक्ष निकुञ्जमा परिणत भएको बताउदै राष्ट्रिय निकुञ्ज विस्तारको पाटोलाई पर्या प्रर्यटनसंग जोड्न सकिने बताउनुभयो । कार्यक्रममा बोल्दै जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठले मध्यवर्ति क्षेत्रमा रहेका आफ्ना सदस्यहरुको आर्थिक विकास गर्न सहकारीका साथै कृषकबाट संकलन हुने दुध बजारीकरण गर्न दुध डेरी संचालनमा ल्याएको कुरा जानकारी गराउनुभएको थियो ।

उहाँले हाल यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने आवश्यक्ता देखिएकोभन्दै सो अभियानमा पर्सा राष्ट्रिय निकुञ्जलाई आफुहरुसंग सहकार्य गर्न समेत उहाले आग्रह गर्नुभयो । जनहित उपभोक्त समितिका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष मधुसुधन सिटौला, राधाकृष्ण मध्यवर्ती बन समुहका अध्यक्ष चोलाबहादुर श्रेष्ठ, मुसहर्निमाई मध्यवर्ती बन समुहका अध्यक्ष कुवेर न्योपाने लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा भिमेश्वर मध्यपर्ति सामुदायीक बन समुहका अध्यक्ष पेशल मुल्मीको सहजिकरण र अनिता लम्साल अधिकारीको स्वागत मन्तब्य रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*