सिमराका यातायात व्यवसायीहरुले मन्त्रीलाई बुझाए ज्ञापन

ए वान डेस्क
१९ मंसिर २०७५, बुधबार १९:३३

ए वान डेस्क /

यातायात क्षेत्रमा देखिएको समस्या समाधानको माग गर्दे सिमराका यातायात व्यवसायीहरुले संघिय सरकारको ध्यानाकषर्ण गराएका छन् । यातायात क्षेत्रमा सिण्डिकेट प्रथा कायमै रहेकोभन्दै हटाउन मागगर्दे आज भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठको ध्यानाकषर्ण गराएका हुन् ।

बाराको सिमरामा बिमानस्थलमा महासेठलाई ज्ञापन पत्र बुझाउदै व्यवसायीहरुले सवारीको अत्याधिक चाप, उद्योगपतिको दादागिरि र भारतिय सवारी प्रवेशका कारण मन लाग्दी बढेकोभन्दै समस्या समाधान गर्न माग गरे । यी यस्ता समस्याको बिषयमा पटक पटक सम्बन्धीत निकायको ध्यानाकषर्ण गराउदासमेत बेवास्ता गर्ने गरेकोभन्दै उचित कदम चाल्न व्यवसायीहरुले मन्त्री महासेठलाई आग्रह गरेका थिए ।

ज्ञापन पत्र बुझ्दै मन्त्री महासेठले समस्या समाधानको लागी उचित पहल गर्ने बताउनुभयो । यस बिषयमा आफुले अर्थ मन्त्रालयसंग समन्वय गर्नेभन्दै उहाले उचित कदम चाल्ने बताउनुभएको व्यवसायी सानु पोखरेलले ए वान समाचारलाई जानकारी दिनुभयो । मन्त्री महासेठलाई ज्ञापन पत्र बुझाउन तराई यातायात व्यवसायी संघका महासचिव संकर बिष्ट, सचिव देव श्रेष्ठ, लोक बहादुर पोखरेल, उत्तम अधिकारी, सेक सरार्फ, राजन रेग्मी लगायतको एक टोलि अघि साझ सिमरा बिमानस्थल पुगेको थियो ।

बारामा पुलको शिलन्यास गर्न आएका मन्त्री महासेठलाई बिदाई गर्न बारा क्षेत्र नम्बर ४ क का प्रदेश सभा सदस्य सुन्दर बिश्वकर्मा, जीतपुरसिमरा उप–महानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेल लगायतका नेताहरु बिमानस्थल पुग्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*