सिमरामा दोस्रो औद्योगिक व्यापार, कृषि मेला तथा खेलकुद महोत्सव हुने

ए वान डेस्क
२० मंसिर २०७५, बिहीबार १७:५१

ए वान डेस्क /

बाराको सिमरामा दोस्रो औद्योगिक व्यापार कृषि मेला तथा खेलकुद महोत्सव हुने भएको छ । आयोजक सिमरा फाउण्डेशनले आज पत्रकार सम्मेलनको आयोजना गरी महोत्सव बारे जानकारी दिएको हो । आपसी सदभावको पहिचान, सिमरालाई व्यापारीक केन्द्र बनाउने हाम्रो अभियान भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको महोत्सव यही पुष ६ गतेदेखि १६ गतेसम्म हुनेछ ।

वडा नम्बर १ स्थित सिमरा रंगशालामा हुने महोत्सवमा यसबर्ष स्थानीय उत्पादनलाई जोड दिने तयारी आयोजकले गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै आयोजक मुल समारोह समितिका महासचिव शैलेस राज अर्यालले गतबर्षमा झै यसबर्ष पनि सिमरामा भब्य रुपमा महोत्सव आयोजना गरिने बताउनुभयो ।

सामाजिक कार्यलाई उच्च प्राथमिक्ता दिदै आयोजना गर्न लागिएको महोत्सवको तयारी तिब्र रुपमा भईरहेको महासचिव अर्यालले जानकारी दिनुभयो । सिमरा महोत्सवमा यसबर्ष मुख्य आकषर्णको रुपमा धरहरा, स्वयम्बु, गौतम बुद्धको माया देवी मन्दिर र हात्तिको ठुलो प्रतिमा रहने आयोजकले जनाएको छ ।

महोत्सवलाई सफल बनाउन सिमरा फाउण्डेशनका अध्यक्ष महमद आरिफ हुसेन ‘भक्कु’ को संयोजकत्वमा मुल समारोह समिति गठन गरिएको छ । गठित समितिको सह–संयोजकमा सोमलाल बोम्जन, महासचिवमा शैलेस राज अर्याल, सचिवमा त्रिलोक बिक्रम ठकुरी, कोषाध्यक्षमा धन बहादुर श्रेष्ठ, सह–कोषाध्यक्षमा दिपक भट्राईका साथै पुर्व संयोजक हरि चौधरी रहनुभएको छ ।

यसबर्ष महोत्सवमा सिमरा फाउण्डेशनका साथै औद्योगिक शान्ति नेपाल, नव दुर्गा युवा क्लब सिमरा, हाम्रो समन क्याम्प सिमरा, सामुदायिक बिकासशिल क्लब सिमरा, भेट्रान्स क्लब सिमरा समेत आयोजकको रुपमा रहने महासचिव अर्यालले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*