जीतपुरसिमरामा भेटियो महिलाको शव, ल्याईयो तालिम प्राप्त कुकुर (भिडियोसहित)

ए वान डेस्क
८ पुष २०७५, आईतवार १७:३५

ए वान डेस्क /

बाराको जीतपुरसिमरा उप–महानगरपालिकामा एक जना महिलाको शव फेला परेको छ । आधारभारस्थित पर्सा राष्ट्रिय निकुञ्जको जंगलभित्र महिलाको शव फेला परेको हो ।

ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक सुभाष हमालका अनुसार मृतक महिलाको पहिचान खुल्न सकेको छैन् । घटनाको अनुसन्धान गर्न प्रहरीले तालिम प्राप्त कुकुर परिचान गरेको थियो ।

प्रदेश नम्बर ३ को हेटौडाबाट ल्याईएको कुकुर घटनास्थलमा परिचान गरिएको थियो । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

भिडियोमा हेर्नुहोस घटनास्थलमा देखिएको दृश्य

https://youtu.be/zbQgFi8ofAQ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*