अङ्ग्रेजी नया वर्षको पुर्व संध्यामा ‘प्रथम ठोरी महोत्सव’

ए वान डेस्क
८ पुष २०७५, आईतवार १८:३५

ए वान डेस्क /

पर्साको ठोरीमा हुने ‘प्रथम ठोरी महोत्सव’ को तयारी तिब्र रुपमा भईरहेको आयोजकले जनाएको छ । मुल आयोजक समारोह समितिका संयोजकसमेत रहनुभएका आयोजक कपुरबोट मिडिया प्रा.लिका अध्यक्ष संतोष देउजाका अनुसार महोत्सवको तयारी तिब्र रुपमा भईरहेको हो ।

ठोरीको राईधारामा हुने महोत्सव यही कार्तिक १३ गतेदेखि २२ गतेसम्म चल्नेछ । राईधार नेपाल भारत क्षेत्रको दशगजा क्षेत्रमा पर्छ ।

ठोरीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उदेश्यसहित ठोरी गाउपालिकाको सहयोगमा राईधारामा ‘प्रथम ठोरी महोत्सव’ आयोजना गर्न लागिएको संयोजक देउजाले बताउनुभयो । त्यस क्षेत्रमा सीता गुफा, राईधारा, रानी वन, गोले डाँडा, सिने पर्वत, ह्वाइट हिल, अमृतधारा, वनशक्ति मन्दिरलगायतका धार्मिक तथा पर्यटकीय क्षेत्र रहेका छन् ।

अङ्ग्रेजी नया वर्षको अवसर पारेर आयोजना गर्न लागिएको महोत्सव तयारी बिभिन्न समितिमार्फत तिब्र रुपमा भईरहेको उहाले बताउनुभयो । महोत्सवमा १५० भन्दा बढि स्टल रहने उहाले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*