बारा प्रहरीद्धारा अवैद्य काठ बरामद

ए वान डेस्क
९ पुष २०७५, सोमबार ११:२५

ए वान डेस्क /

जिल्ला प्रहरी कार्यालय बाराले आदर्शकोतवाल गाउपालिकाबाट अवैद्य काठ बरामद गरेको छ । प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलिले वडा नम्बर ५ स्थित सडकबाट गएराति अवैद्य काठ बरामद गरेको हो ।

ना५त ८९६५ नम्बरको ट्रयाक्टरमा सिमल काठको गोलिया लोड गरिरहेको अवस्थामा ट्रयाक्टरसहित ९ थान (७१ क्युफिट) काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बरामद गरिएको काठ आवश्यक कारर्वाहीको लागी ईलाका वन कार्यालय कलैयामा बुझाईएको प्रहरीले जनाएको छ ।

यसैगरी, ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलिले वडा नम्बर ६ स्थित वाईवा टोल नजिकैबाट खयरको गोलिया काठ बरामद गरेको हो । सार्वजनिक स्थलमा चोरी पैठारी गरी लुकाई छिपाई राखेको अवस्थामा खयरको ४ वटा काठ गएराती बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बरामद गरिएको काठ आवश्यक कारर्वाहीको लागी ईलाका वन कार्यालय निजगढमा बुझाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*