धरहरा शिलान्यास हुँदै
धरहरा पुनर्निर्माणको शिलान्यास बिहीबार हुँदैछ । भूकम्पले धरहरा भत्किएको तीन वर्ष ८ महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्न लाग्नुभएको हो ।
गएको असोज २४ गतेदेखि जीआईईटीसी रमन जेभी कम्पनीले धरहरा पुनर्निर्माणको काम सुरु गरेको छ । तर औपचारिक शिलन्यास भने बिहीबार गर्न लागिएको हो । नयाँ धरहरा बाहिरबाट हेर्दा ११ तला र भित्रबाट भने २२ तलाको हुनेछ ।
भूकम्पले भग्नावशेष बनेको धरहराको बाँकी भागलाई संरक्षण गरी नयाँ भूकम्प प्रतिरोधि सुरक्षित धरहरा बनाउन थालिएको हो । ३ अर्ब ४५ करोड रुपैयाँमा २ वर्षभित्रै सक्ने गरी धरहराको काम थालिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाका प्रमुख राजुमान मानन्धरले जानकारी दिनुभयो ।















