सिमरामा प्रहरी जवानले देखाए ईमानदारिता, दिए १ लाख
ए वान डेस्क /
सशस्त्र प्रहरीका एक जवानले आफुले भेट्टाएको नगद १ लाख रुपैया सम्बन्धीत व्यक्तिलाई बुझाएका छन् । जिल्ला करागार महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी जवान कमलेश कुमार महत्तोले आफुले भेट्टाएको नगद १ लाख रुपैया सिमराका नेत्र बहादुर श्रेष्ठलाई बुझाएका हुन् ।
सिसिटिभिमा देखिएको भिडियो अनुसार सिमराका श्रेष्ठले एभरेष्ट बैंक सिमराबाट १ लाख रुपैया झिकेका थिए । पैसा झिकेर बाटो काट्ने क्रममा श्रेष्ठको १ लाख रुपैया बाटोमा खसेको थियो । ईलाका प्रहरी कार्यालय सिमराले दिएको जानकारी अनुसार बाटोमा खसेको १ लाख रुपैया प्रहरी जवान महत्तोले भेटाएका थिए ।
महत्तोले भिडियोमा देखिएका सिमराका श्रेष्ठलाई आज ईलाका प्रहरी कार्यालय सिमराको रोहवरमा नगद १ लाख रुपैया बुझाएका छन् । प्रहरी निरिक्षक सुभाष हमालको उपस्थितिमा महत्तोले श्रेष्ठलाई कार्यालय परिषरमा १ लाख रुपैया बुझाएका हुन् ।
सो अवसमा प्रहरी निरिक्षक कुमार महतोको ईमान्दारिताको प्रसंसा गर्नुभएको थियो भने श्रेष्ठले धन्यवाद दिनुभएको थियो ।















